देउवाका प्रतिस्पर्धी मल्ललाई समर्थनबारे एमाले केन्द्र र जिल्लाको निर्णय बाझियो

देउवाका प्रतिस्पर्धी मल्ललाई समर्थनबारे एमाले केन्द्र र जिल्लाको निर्णय बाझियो

काठमाडौँ : डडेलधुरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विरुद्ध उम्मेदवारी दिएका कांग्रेस (बिपी) का उम्मेदवार कर्ण मल्ललाई समर्थन गर्नेबारे एमाले केन्द्र र जिल्लाबिच विवाद देखिएको छ।

पहिला एमालेले मल्ललाई समर्थन गर्ने भने पनि पछि एमालेको जिल्ला नेतृत्वले मल्ललाई समर्थन नगर्ने विज्ञप्ति निकालेको थियो। बिहीबार चुनावी प्रचारमा महेन्द्रनगर पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले डडेलधुरामा मल्ललाई समर्थन गर्ने केन्द्रको निर्णय कायमै रहेको बताए।

उनले एमाले आफ्नो प्रतिबद्धतामा कायमै रहेको र जिल्लाबाट जसले विज्ञप्ति निकाले पनि मल्ललाई एमालेको समर्थन रहेको बताएका हुन्।

‘त्यहाँ कसैले वक्तव्य निकालेको मैले सुनेर’ ओलीले भने, ‘त्यस्तो अधिकार अरूलाई छैन।’

लामो समय देउवाको सहयोगी रहेका मल्ललाई पार्टीले कारबाही गरेपछि स्थानीय तहको निर्वाचनपछि कांग्रेसबाट अलग भएर कांग्रेस बिपीलाई सक्रिय बनाएका थिए। स्थानीय तहको निर्वाचनमा उनको रणनीति अनुसारको नतिजा भने आएन।

उनले कांग्रेस बिपीको नाममा अधिकांश प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार उठाएका छन् भने आफू कांग्रेस सभापति देउवा उठेकै क्षेत्रबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका छन्।

कात्तिक १८, २०७९ शुक्रबार २१:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।