मिति गुज्रिएको रङ बेचेको भन्दै पेन्ट्सको दुई गोदाममा वाणिज्यको छापा

मिति गुज्रिएको रङ बेचेको भन्दै पेन्ट्सको दुई गोदाममा वाणिज्यको छापा

काठमाडौं : पेन्ट्सको मिति मेटेर म्याद गुज्रिएको पेन्ट बिक्री गरेको सूचनाको आधारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका दुई गोदाममा छापा मारेको छ।

विभागको एक टोलीले शुक्रवार सतुंगल र ललितपुरको बालकुमारीमा रहेको रङको गोदाममा छापा मारेर प्रयोग गर्ने मिति सकिएको रङ्गको डिब्बामा नयाँ मिति राखेर बजार पठाएको दाबी गर्दै आठ हजार थान डिब्बा नै नियन्त्रणमा लिएको छ।

विभागका सूचना अधिकारी होमनाथ भट्टराइका अनुसार विभागले गोदाममा अनुगमन गर्दा रिलेबलिङ गरेको रङका बट्टाहरू फेला परेपछि नियन्त्रणमा लिइएको बताए।

विभागले गोदामबाट ठुलो मात्रामा यस्ता प्रयोग गर्ने मिति सकिएको रङ विक्रीका लागी बजार पठाएको आशङ्कामा अनुसन्धान अगाडि बढाएको छ। प्रयोगको म्याद सकिएको रङको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पर्छ।

रङमा हुने लिडले श्वासप्रश्वास सम्बन्धी रोग बढाउने भन्दै कोठा र घरमा रङ लगाउँदा कम लिड हुने रङ प्रयोग गर्न सुझाव दिँदै आएका छन्।

कात्तिक १८, २०७९ शुक्रबार २०:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।