टुरिस्ट उम्मेदवार भन्नेलाई प्रदीप पौडेलको चुनौती ' मेरो अगाडि आउनुस्, तपाई टुरिस्ट कि म बहस गरौँ'

टुरिस्ट उम्मेदवार भन्नेलाई प्रदीप पौडेलको चुनौती ' मेरो अगाडि आउनुस्, तपाई टुरिस्ट कि म बहस गरौँ'

काठमाडौं : तनहुँ केन्द्रित राजनीतिक गतिविधिमा सक्रिय रहेर एकाएक काठमाडौं-५ बाट गठबन्धन दलको उम्मेदवार बनेका नेता प्रदीप पौडेलले आफूलाई टुरिस्ट उम्मेदवार भन्नेहरूलाई बहसमा आउन चुनौती दिएका छन्। उनले आफूलाई टुरिस्ट भन्नेहरू पहिला काठमाडौं आएको हो कि आफू भनेर बहस गर्न तयार रहेको बताए।

बिहीबार काठमाडौँमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी कार्यक्रममा बोल्दै उनले आफ्नो बुबासँगै २०४३ सालमा काठमाडौं आएको दाबी गरे। २०४३ मै काठमाडौँमा बुबाले घर बनाएको दाबी गर्दै भने' आफ्नै देशको राजधानीमा पनि कोही टुरिस्ट हुन्छ?'

उनले आफूलाई टुरिस्ट भन्नेहरूलाई आफ्नो सामु आउनुस् भन्दै चुनौती दिँदै भने'मैले यो क्षेत्र बुझेको छु कि तपाईँले बहस गर्न तयार छु। नेपालीको छोरोलाई आफ्नो देशको राजधानीमा टुरिस्ट भन्न मिल्छ?'

उनले आफ्नो बाबु मास्टर रहेको र उनले २०४३ सालमै छोराछोरीलाई पढाउन काठमाडौँमा २ कोठाको घर बनाएको बताए।

काठमाडौँ ५ : बदनाम पृष्ठभूमिका पोखरेललाई 'टुरिस्ट' उम्मेदवार पौडेलको चुनौती, रञ्जुलाई उज्ज्वलको लिगेसीको भर

उनले आफ्ना प्रतिस्पर्धीले कसरी घर बनाए भनेर खोज्ने हो भने लामो फेहरिस्त निस्कने भन्दै दाबी गरे' यो चुनाव जितिएन भने फेरि कहिल्यै चुनाव जित्न सकिँदैन। भ्रष्टाचार अनुमोदनका लागि निर्वाचन हुँदैन। सुशासनका लागि निर्वाचन हुन्छ।'

प्रतिनिधि सभाका लागि तनहुँबाटै उम्मेदवार बन्ने तयारीमा रहेका पौडेल अन्तिम समयमा मात्रै काठमाडौं-५ बाट उम्मेदवार बनेका थिए। उनको प्रतिस्पर्धामा एमालेबाट ईश्वर पोखरेल लगायतका विभिन्न दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरू छन्।

कात्तिक १८, २०७९ शुक्रबार १९:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।