रुपन्देही–३ मा तीन दलको घोषणा पत्रमा भौतिक विकासदेखि सामाजिक विकाससम्मका १३० बुँदे योजना (पूर्णपाठ)

रुपन्देही–३ मा तीन दलको घोषणा पत्रमा भौतिक विकासदेखि सामाजिक विकाससम्मका १३० बुँदे योजना (पूर्णपाठ)

भैरहवा : एमाले, राप्रपा र जसपाको ३ दलीय तालमेलको तर्फबाट आसन्न निर्वाचनलाई मध्यनजर गर्दै १३० बुँदे योजना सहित प्रतिबद्धतापत्र सार्वजनिक भएको छ।

तीन दलीय तालमेलको तर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गरेपछि रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका उम्मेदवार दीपक बोहोराले विगतमा पनि आफूले दीर्घकालीन विकासको योजना रुपन्देहीमा सन्चालन गरेको दाबी गर्दै आगामी दिनमा पनि अझ बढि महत्त्वका योजना सुरुवात गर्ने बताए।

उनले क्षेत्रको मानवीय, सामाजिक र भौतिक विकास नै सदैवः आफ्नो प्राथमिकता रहेको बताए।

प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेश सभाको उम्मेदवार महेन्द्र  यादवले प्रतिबद्धतापत्रमा उल्लेख भएका योजनालाई अक्षरसः लागू गर्नेगरी काम गर्ने बताए।

यसैगरी प्रदेश सभामा क्षेत्र नम्बर ३ (२) का उम्मेदवार तुलसी प्रसाद चौधरीले सामाजिक र मानविय विकासमा आफुहरुको मुख्य काम हुने बताए। 

एमाले, राप्रपा र जसपाको तीन दलिय तालमेलको तर्फबाट सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा पुर्वाधार निर्माण र विकासदेखि सञ्चार विकास सम्मको १३० बुदें योजना समेटिएका छन्। 

यस्तो छ तीन दलिय तालमेलको तर्फबाट सार्वजनिक प्रतिबद्धता पत्रः–

कात्तिक १८, २०७९ शुक्रबार १९:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।