आरोपीलाई पक्राउ गर भन्दा प्रहरीले निहारिकालाई समात्यो

आरोपीलाई पक्राउ गर भन्दा प्रहरीले निहारिकालाई समात्यो

काठमाडौं: कुमारी आमाका रूपमा चिनिएकी निहारिका राजपुतले आरोपीलाई पक्राउ गर्न माग राख्दै बालुवाटार पुग्दा प्रहरीले उनैलाई समातेको छ।

उनी आफ्नो छोरा बलात्कारबाट जन्मिएको बताउँदै शिवराज श्रेष्ठसँग डीएनए जाँच गराउन माग गर्दै पटकपटक अनशन बसेकी थिइन्।

उनले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास पनि गरेकी थिइन्। 

उनको माग बमोजिम आरोपी श्रेष्ठसँग उनको बच्चाको डीएनए परीक्षण गर्न उच्च अदालत जनकपुरसँग माग गर्ने सहमति गरिएको थियो।

त्यसक्रममा भएको राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा छोरा र श्रेष्ठको डीएनए जाँच भएको थियो। डीएनए रिपोर्ट श्रेष्ठसँग म्याच भएको छ।

कात्तिक १८, २०७९ शुक्रबार १६:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।