घाँस काट्न गएकी महिलाको भीरबाट लडेर ज्यान गयो

घाँस काट्न गएकी महिलाको भीरबाट लडेर ज्यान गयो
फाइल तस्बिर

रसुवा : जिल्लामा घाँस काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु भएको छ।

नौकुण्ड गाउँपालिका–६ बस्ने ५६ वर्षीया तिम्रि माया थिङको भीरबाट लडेर बिहीबार साँझ ज्यान गएको हो।

सोही गाउँपालिका–३ बुदि खोला जंगलमा घाँस काट्ने क्रममा चिप्लिएर भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन्।

कालिका गाउँपालिका–५ स्थित जिबजिवे ग्रामीण अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको हो।

कात्तिक १८, २०७९ शुक्रबार १६:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।