पीएम कप क्रिकेट : सुदूरपश्चिमलाई आर्मीले १६९ रनले हरायाे

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई १६९ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
२८३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २९.४ ओभरमा अलआउट हुँदै ११३ रनमा समेटिएपछि आर्मी १६९ रनले विजयी भएको हो।
सुदूरपश्चिमका लागि बसन्त खत्रीले २५, नारायण जोशी १९, गजेन्द्र बोहोराले १७, टेक रावलले १५ र मिलन बोहोरा १२ रन बनाए।
आर्मीका लागि जितेन्द्र मुखियाले सर्वाधिक तीन तथा विक्रम सोब र साहब आलमले समान २ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ८ विकेट गुमाएर २८२ रन बनाएको थियो।
आर्मीका ओपनर ब्याटर अर्जुन साउदले सर्वाधिक ७३, रोहित पौडेलले ५२, कुशल मल्लले ४३, भीम सार्कीले ३४ र कप्तान विनोद भण्डारीले २८ रन बनाए।
सोनु तामाङ १६ रनमा क्याच आउट हुँदा विक्रम सोब १५ रनमा अविजित रहे। हरि चौहान ९ रन जोडे।
सुदूरका लागि हेमन्त धामी, नारायण जोशी र गजेन्द्र बोहोराले समान २ विकेट लिए।
कात्तिक १८, २०७९ शुक्रबार १६:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।