शिवराज श्रेष्ठसँग मिल्यो निहारिका राजपुतका छोराको डीएनए

काठमाडौं: ‘कुमारी आमा’का रुपमा चर्चामा आएकी निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिलेको छ।
८ भदौमा जनकपुर अदालतले निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न आदेश दिएको थियो।
पहिले सम्बन्ध भएपनि बच्चा आफ्नो नभएको दाबी गर्दै आएका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय, धनुषाले ३१ साउनमा अभद्र व्यवहारको कसूरमा पक्राउ गरेको थियो।
निहारिकाले डीएनए मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको कसूरमा सजाय हुनुपर्ने माग गरेकी थिइन् ।
कात्तिक १८, २०७९ शुक्रबार १५:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।