बसको ठक्करले २६ वर्षीया युवतीको ज्यान गयो

बारा : बसको ठक्करबाट बारामा २६ वर्षीया गुञ्जन श्रेष्ठको मृत्यु भएको छ। वीरगन्ज उपमहानगरपालिका-९ स्थित सडकमा बागमती प्रदेश -०६-००१ ख ०१२२ नम्बरको बसले पैदल हिँडिरहेकी उनलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ।
कात्तिक १८, २०७९ शुक्रबार १५:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।