२५ कोरोना संक्रमित थपिए, ५५ हजारले खोप लगाए

काठमाडौं : नेपालमा २५ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा १ हजार ८४५ जनामा गरिएको परीक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस अवधिमा २८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने ५५ हजार २४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि ज्यान गएको छैन। देशभर कोरोनाका ५६९ जना सक्रिय संक्रमित छन्।
कात्तिक १८, २०७९ शुक्रबार १४:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।