हजुरआमाकाे हत्या अभियाेगमा नातिनीसहित दुईजना पक्राउ

हजुरआमाकाे हत्या अभियाेगमा नातिनीसहित दुईजना पक्राउ

काभ्रे : जिल्लामा हजुरआमाको हत्या अभियोगमा नातिनीसहित दुईजना पक्राउ परेका छन्।

धुलिखेल नगरपालिका–११ डाडागाँउ बस्ने ५२ वर्षीया बिन्दा कमिनीको हत्या गरेको अभियोगमा २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा दोलखा मेलुङ–७ घर भएकी २८ वर्षीया कोपिला विक र धुलिखेल नगरपालिका–११ डाँडा गाँउ बस्ने ५० वर्षीय गोपाल विक रहेका छन्।

बिन्दाकी आफ्नै नातिनी कोपिला र गोपालले मादक पदार्थ सेवन गरी हत्या गरेको अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कात्तिक १८, २०७९ शुक्रबार १४:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।