अनामनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

अनामनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं : जिल्लाको अनामनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

प्रदेश नम्बर ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री अनामनगर बस्ने ३२ वर्षीया आस्था सुब्बाको बिहीबार साँझ मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको काठमाडौं मोडल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

कात्तिक १८, २०७९ शुक्रबार १४:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।