खुकुरी प्रहार गरी आमाकाे हत्या अभियाेगमा एक जना पक्राउ

काठमाडौं : आफ्नै आमाको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
७० वर्षीया फुलमाया तामाङको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीय जय बहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।
आफ्नै डेरामा जय बहादुरले धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कात्तिक १८, २०७९ शुक्रबार १४:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।