दाजुभाइको अंश विवादमा दोस्रोपटक आमरण अनसनमा भाइबुहारी

राजविराज: राजविराज-४ का दिनेशप्रसाद साह र उनकी श्रीमती गौरी साह लामो समयदेखि न्याय नपाएको भन्दै जनकपुर राजविराज इजलास अगाडि दोस्रोपटक आमरण अनसनमा बसेका छन्।
उनीहरू मूल गेट अगाडि बिहीबार बिहान १० बजेदेखि दोस्रो पटक आमरण अनसनमा बसेका हुन्।
प्रक्रिया अनुसार अदालतमा उनीहरूको मुद्दा पालो आएपछि न्याय निरुपण हुने भनिएको छ।
उनका दाजु उमेशप्रसाद साह भएको २०६३ सालकोे अंश मुद्दामा २०६४ साल मंसिर २५ गते दुबै दाजुभाईलाई ४ र ४ धुर जग्गा हुने गरी फैसला भएको थियो। तर, फैसला अझै कार्यान्वयन हुन नसकेको दिनेशको भनाइ छ।
यसअघि पनि गत असोज ६ गते पहिलो पटक उनीहरू अनसनमा बसेका थिए।
कात्तिक १८, २०७९ शुक्रबार १२:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।