बोलेरोको ठक्करबाट घाइते भएका पुरुषको मृत्यु

साङ्केतिक तस्बिर
चितवन: कालिका नगरपालिका- ७ गैँडाखोलामा गए राति बोलेरो जीपको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको आज मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय मीनबहादुर विश्वकर्मा रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते विश्वकर्माको उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। ना३च ७१७८ नम्बरको बोलेरो जीपले पैदल हिँडिरहेका विश्वकर्मालाई गए राति सवा २ बजे ठक्कर दिएको थियो।
दुर्घटनापश्चात् फरार रहेका चालकको खोजी भइरहेको छ।
कात्तिक १८, २०७९ शुक्रबार ११:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।