दार्चुलामा जनसभा गरेर एमालेले आजबाट चुनावी अभियान थाल्ने, ओलीले ४० जिल्ला पुगेर सम्बोधन गर्ने

दार्चुलामा जनसभा गरेर एमालेले आजबाट चुनावी अभियान थाल्ने, ओलीले ४० जिल्ला पुगेर सम्बोधन गर्ने
फाइल तस्बिर

काठमाडौं: नेकपा एमालेले आजबाट चुनावी अभियान थाल्ने भएको छ। दार्चुलाको खलङ्गा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी अभियान सुरु गर्ने छन्।

ओली धनगढीबाट हेलिकोप्टरमार्फत खलङ्गा जानेछन्। ओलीले मुख्य प्रचारकको रूपमा निर्वाचन आयोगबाट हेलिकप्टर प्रयोगको अनुमति पाइसकेका छन्।

त्यहाँ ओलीले जनसभालाई सम्बोधन गर्नेछन्। आगामी निर्वाचनमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सालाई चुनावी अजेण्डा बनाएकाले एमालेको चुनावी अभियान दार्चुलाबाट सुरु हुन लागेको हो।

त्यसपछि ओली आजै बैतडी र कञ्चनपुर पुगेर त्यहाँको जनसभालाई सम्बोधन गर्नेछन्।

यसबीच एमालेले आयोजना गर्ने राष्ट्रव्यापी चुनावी अभियानको क्रममा ओली ४० जिल्ला पुगेर जनसभालाई सम्बोधन गर्नेछन्।

कात्तिक १८, २०७९ शुक्रबार ०८:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।