आज पहाडी भू-भागमा वर्षाको सम्भावना

आज पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी भू-भागमा वर्षाको सम्भावना रहेको जनाएको छ। पश्चिमी वायुको सामान्य प्रभाव आज देशमा रहेको कारण वर्षाको सम्भावना रहेको हो।

यतिबेला प्रदेश १ लगायत बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम लगायत बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कात्तिक १८, २०७९ शुक्रबार ०७:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।