यू–१५ महिला साफ : नेपालको भुटानमाथि ७–० को फराकिलो जित

यू–१५ महिला साफ : नेपालको भुटानमाथि ७–० को फराकिलो जित

काठमाडौं : बिहीबार बंगलादेशमा जारी यू–१५ महिला साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ। ढाकामा सम्पन्न खेलमा नेपालले भुटानमाथि ७–० को फराकिलो जित निकालेको हो।

 

 

यस जितमा वर्षा ओलीले चार, सुक्रिया मियाले दुई र सेनु परियारले एक गोल गरिन् । जसमा वर्षाले खेलको पहिलो, १७ औँ, ३४ औँ, ३५ औँ मिनेटमा गोल गरिन्। सुक्रियाले ६५ र ७२ औँ मिनेटमा र सेनुले ८५ औँ मिनेटमा गोल गरिन्। 

पहिलो खेलमा जित निकालेको नेपाल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान अंक रहेपनि गोलका आधारमा बंगलादेश भने शीर्ष स्थानमा छ।

कात्तिक १७, २०७९ बिहीबार २१:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।