सन्दीपको मुद्दामा दोस्रो दिन पनि सकिएन थुनछेक बहस

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
बुधबारबाट सुरु भएको थुनछेक बहस दोस्रो दिन पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। सन्दीपको पक्षबाट रमण श्रेष्ठ, कृष्ण सापकोटा, लव मैनालीसहितका वरिष्ठ अधिवक्ताहरूले बहस गरेका छन्। अब उनको तर्फबाट शम्भु थापाले मात्र बहस गर्न बाँकी छ।
बिहीबारकाे बहसमा सन्दीपका तर्फबाट बहस गरेका अधिवक्ताहरूले जाहेरवाल किशोरीको जन्मदर्ता र नागरिकतामाति प्रश्न उठाउँदै उनको उमेरको विषयमा प्रश्न उठाएका छन्। साथै उनीहरूले बलात्कार नभएको दाबी गर्दै कन्याजाली च्यातिएको अन्य कारणले पनि हुनसक्ने बताएका छन्।
बिहीबार शम्भु थापाले बहस गरेपछि सरकारी वकिलले पनि छोटो बहस गर्नेछन्। त्यसपछि न्यायधीश माधवप्रसाद घिमिरेले थुनछेक आदेश सुनाउनेछन्।
कात्तिक १७, २०७९ बिहीबार २०:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।