बाराका स्वतन्त्र उम्मेदवारको समर्थन किसान श्रेष्ठलाई

बाराका स्वतन्त्र उम्मेदवारको समर्थन किसान श्रेष्ठलाई

सिमरा : आसन्न आम निर्वाचनमा बारा–४ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका हरि महराले वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)लाई समर्थन गर्ने घोषणा गरेका छन्।

बारा–४ को समग्र विकासका लागि आफ्नो सोचसँग श्रेष्ठको योजना मिलेपछि आफूले समर्थन गरी उम्मेदवारी निष्कृय पारेको महराले बताए। 

जनमत पार्टीका जिल्ला अध्यक्ष रहेका महराले स्वतन्त्र उम्मेदवारी दिइ प्रचार अभियान तीव्र पारेका थिए।

महराले बारामा आँखा अस्पताल स्थापना गरी बारा, पर्सा र रौतहटमा आँखा शिविर सञ्चालन गरी समाजसेवा गर्दै आएका थिए। 

महराको समर्थनले आफ्ना प्रतिस्पर्धी थप कमजोर बनेको नेता श्रेष्ठले बताए।

कात्तिक १७, २०७९ बिहीबार १९:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।