टी–ट्वेन्टी विश्वकप : पाकिस्तानको दोस्रो जित, सेमिफाइनल सम्भावना कायमै

टी–ट्वेन्टी विश्वकप : पाकिस्तानको दोस्रो जित, सेमिफाइनल सम्भावना कायमै

काठमाडौं : अस्ट्रेलियामा जारी टी–ट्वेन्टी विश्वकपमा पाकिस्तानले ३३ रनको दोस्रो जित निकालेको छ।

१८५ रनको विजयी लक्ष्य पछ्याएर दक्षिण अफ्रिकाले ब्याटिङ गरिरहँदा पानी परेपछि उसले नया लक्ष्य पायो। ‘डर्कवर्थ लुइस’ मेथडअुनसार दक्षिण अफ्रिकाले १४ ओभरमा १४३ रन बनाउनुपर्ने भयो।

तर, दक्षिण अफ्रिका १४ ओभरमा मात्र ९ विकेट गुमाएर १०८ रनमा मात्र खुम्चियो। उसका लागि टेम्बा बाभूमाले ३६, एडन मक्रमले २०, ट्रिस्टन स्टब्सले १८ तथा हेनरिच क्लासिनले १५ रन बनाए।

बलिङतर्फ पाकिस्तानका शाहीनसाह अफ्रिदीले तीन तथा साहब खानले दुई विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८५ रन बनायो। उसका लागि साहब खानले ५२, इफ्तिखर अहमदले ५१ तथा मोहम्मद नवाज र मोहम्मद हरिसले समान २८–२८ रन बनाए।

बलिङतर्फ एनरिच नर्टजेले चार विकेट लिए।

जितसँगै पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कायमै छ। अहिले चार अंकसहित समूह २ को तेस्रो स्थानमा उक्लिएको पाकिस्तानको समूह चरणको अन्तिम खेल आइतबार बंगलादेशसँग छ। त्यो खेल पनि जितेको खण्डमा पाकिस्तान सेमिफाइनल प्रवेश गर्नेछ।

पराजित दक्षिण अफ्रिका दोस्रो स्थानमा झरेको छ।

कात्तिक १७, २०७९ बिहीबार १८:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।