भारतले बढाएर पठायो इन्धनको मूल्य, निगमलाई १५ दिनमा १८ करोड नाफा

भारतले बढाएर पठायो इन्धनको मूल्य, निगमलाई १५ दिनमा १८ करोड नाफा

काठमाडौं : भारतले इन्धनको मूल्य बढाएर पठाएको छ।

बिहीबार नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै भारतले मूल्य बढाएर पठाए पनि आगामी १५ दिनमा निगमको नाफा १८ करोड हुने जनाएको छ।

भारतले पेट्रोलमा प्रतिलिटर ६१ पैसा, डिजेल ५ रुपैयाँ ७६ पैसा, मट्टितेल ७ रुपैयाँ १ पैसा र हवाई इन्धन ४ रुपैयाँ ७७ पैसा बढेर बढाएर पठाएको निगमले जनाएको छ।

नयाँ मूल्यसूचीअनुसार निगमलाई डिजेलमा प्रतिलिटर १२ रुपैयाँ १४ पैसा नोक्सान हुने भएको छ। पेट्रोल, हवाई इन्धन र मट्टितेलमा नाफा रहेकाले समग्रमा निगमलाई पाक्षिक १८ करोड नाफा हुने भएको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दो क्रममा देखिएको, डलरसँग नेपाली मुद्रा कमजोर भएकाले हाललाई इन्धनको मूल्य घटाउन नसकिने निगमले स्पष्ट पारेको छ।

हाल पेट्रोल प्रतिलिटर १८१ तथा डिजेल र मट्टितेल प्रतिलिटर १७८ रुपैयाँ तोकिएको छ। सरकार र भारतीय आयल कर्पोरेसनलाई २९ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी रहेको निगमले जनाएको छ।

कात्तिक १७, २०७९ बिहीबार १७:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।