दाइहरूसँग माेटरसाइकलमा घर गइरहेका दुई बालिकाको सामुहिक बलात्कार ; नौ जना पक्राउ, चार जना अझै फरार

बुटवल : रुपन्देहीमा दुई नाबालिगलाई सामुहिक बलात्कार गरेको अभियोगमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।
कञ्चन गाउँपालिका–२ का नाबालिगलाई सामुहिक बलात्कर गरेको अभियोगमा ९ जनालाई ईलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेको हो।
गत बुधबार सांस्कृतिक कार्यक्रम हेरी दाजुहरूसँर्गै घर फर्कने क्रममा नाबालिगहरूलाई मोटरसाइकलमा आएका युवाहरूले अपहरण गरी बलात्कार गरेको आरोपमा ९ जनालाई पक्राउ गरेको हो।
नाबालिकहरुलाई बलात्कार गर्नुअघि युवाहरूको टोलीले सँगै रहेका दाजुलाई आक्रमण गरेका थिए।
१६ वर्षीया नाबालिगलाई ६ जनाको समुहले कञ्चन–२ स्थितको गोफ्लापुर कुडियाखोला किनार बगरमा बलात्कार गरेको र अर्की १५ वर्षीया नाबालिगलाई सात जनाले देउराली सामुदायिक बनमा लगेर सामुहकि बलात्कार गरेको रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्याम अर्यालले बताए।
पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नं ११ वनकट्टीका वर्ष १९ का पदम कार्की, सोही स्थानका १६ वर्षीय परिवर्तित नाम विष्णु, गैंडहवा ८ का १८ वर्षीय राहुल परियार, १७ वर्षीय परिवर्तित पि एम रहेका छन्।
यसैगरी सैनामैना ११ का १८ वर्षीय बबि पाण्डे, १५ वर्षीय परिवर्तित नाम साजन, गैंडहवा ८ का २६ वर्षीय राम बहादुर विक, १६ वर्षीय परिवर्तित नाम प्रकाश र १४ वर्षीय एक बालक रहेको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए।
अपहरण र सामुहिक जबरजस्ती करणीमा १३ जना व्यक्तिहरूको समूह संलग्न रहेकोमा ९ जना पक्राउ परेका र अन्य व्यक्तिहरूको खोजी भइरहेको उनले बताए।
पक्राउ परेकाहरूलाई अपहरण र करणी सम्बन्धि कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। प्रहरीले पक्राउ परेका व्यक्तिहरूबाट ३ वटा मोटरसाइकल, २ वटा मोबाइल बरामद गरेको छ।
कात्तिक १७, २०७९ बिहीबार १६:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।