हिमालय एयरलाइन्सद्वारा गौतमबुद्ध विमानस्थलबाट पहिलाेपटक अन्तर्राष्ट्रिय उडान

बुटवल : हिमालय एयरलाइन्सको जहाजले भैरहवा स्थित गौतमबुद्ध विमानस्थलबाट पहिलोपटक अन्तर्राष्ट्रिय उडान गरेको छ।
अन्तर्राष्ट्रिय उडान हुनुअघि विमान काठमाडौंबाट विमानस्थलमा अवतरण गरेको थियो। भैरहवाबाट मलेसिया पहिलो पटक चार्टर्ड उडानका लागि हिमालयको जहाज विमानस्थलमा आउँदा विमानस्थलका कर्मचारीले स्वागत गरेका थिए।
जहाजले बिहीबारै भैरहवाबाट १३८ जना यात्रु मलेसिया लगेको छ। उडान समयतालिका १ः५० बजे रहे पनि पहिलो दिन भएकाले केही ढिला गरी विमान मलेसिया उडेको हो।
हिमालयले अब काठमाडौंबाट क्वालालम्पुर, क्वालालम्पुरबाट भैरहवा, भैरहवाबाट क्वालालम्पुर र क्वालालम्पुरबाट काठमाडौंसम्म उडान भर्नेछ।
कात्तिक १७, २०७९ बिहीबार १६:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।