राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्र : प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री, ललिता निवास र ७० करोडको काण्डको फाइल खोल्ने

राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्र : प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री, ललिता निवास र ७० करोडको काण्डको फाइल खोल्ने

काठमाडौं : रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको अवधारणासहित ‘वाचा पत्र’ सार्वजनिक गरेको छ।

बिहीबार सार्वजनिक पत्रमा राजनीतिक दलकमा नलागेको वा राजनीतिक लाभ नलिएको व्यक्तिलाई राष्ट्रपति, राष्ट्रियसभाका अध्यक्षलाई पदेन उपराष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको अवधारणा समावेश गरिएको छ।

वाचा पत्रमा सरकारी सेवामा चुस्तता, भ्रष्टाचारमा शून्य सहनशीलताका साथै देशव्यापी विवाद र बहसमा रहेका मुद्दाका फाइलहरू खोलिने उल्लेख छ।

जसमा ललिता निवास प्रकरण, बाइडबडी विमान खरिद, कोभिड भ्याक्सिन खरिद, यति र ओम्नी, मधेश प्रदेशको साइकल खरिद काण्ड, सुरक्षण मुद्रण खदिरमा भएको ७० करोड काण्ड लगाएका ठूला काण्डहरूको फाइल खोलिने उल्लेख छ।

यस्तै पार्टीले मुख्य शहरमा चौबिसै घण्टा निःशुल्क ब्लू बस सञ्चालना गर्ने अवधारणा लिएको छ। साथै सबै खालका हिंसा र असुरक्षित सामाजिक प्रचलनविरुद्ध हरेक पालिकामा मनोपरामर्शदाता, अधिवक्ता र सुरक्षाकर्मीसहितको अत्याधुनिक सुविधा सम्पन्न आवासीय गृह स्थापना गर्ने जनाइएको छ।

वाचा पत्रमा हरेक वडामा खाद्य केन्द्र स्थापना गरिने, गरिबका लागि रासन कार्ड र करुणा कोषमा ५ अर्ब रूपैयाँको व्यवस्था गरिने उल्लेख छ।

मानव बेचविखनमा परेका, घरेलु हिंसा पीडित, दुव्र्यवहारमा परेका, एसिड आक्रमण पीडित व्यक्तिको पुनःस्थापनाका लागि ५ अर्बको ‘करुणा कोष’ स्थापना गर्ने पार्टीको घोषणापत्रमा उल्लेख छ।

कात्तिक १७, २०७९ बिहीबार १६:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।