बंगलादेश र भारतबीचको खेलमा कोहलीमाथि 'फेक थ्रो' गरेको आरोप

काठमाडौं : अस्ट्रेलिया जारी टी–२० विश्वकप अन्तर्गतको बुधबारको खेलमा भारतले बंगलादेशमाथि जित निकालेको थियो। पाकिस्तानसँगको खेलमा जस्तै भारतले हिजोको खेलमा पनि अन्तिम बलसम्म संघर्ष गरेर भएपनि जित निकालेको हो।
वर्षाले बाधित खेलमा 'डकवर्थ लुइस' नियम अनुसार खेल छोट्याइएको थियो। त्यसअघि भारतले सुरुवाती ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १८४ रन बनाएको थियो।
विश्वकपताका फर्ममा फर्किएका विराट कोहलीले हिजोको खेलमा भारतीय टोलीको मेरुदण्ड सावित हुँदै ४४ बलमा ६४ रन बनाएका थिए।
लिटोन दास आउट भएपछि बंगलादेशका विकेट किपर नुरुल हसन 'सोहन'ले पारि अघि बढाएको भएपनि बंगलादेशले जित्न भने सकेको थिएन। खेल सकिएपछि भने लिटोनले कोहलीमाथि 'फेक फिल्डिङ'को आरोप लगाएका छन्।
'हामी सबैले देख्यौं, मैदान चिसो थियो। यदि हामी सबै विषयमा चर्चा गर्छौं भने हामीले भन्नै पर्छ म्याचमा एउटा 'फेक थ्रो' पनि थियो। पेनाल्टीको रूपमा हामीलाई पाँच रन मिल्न सक्थ्यो। यो हाम्रो लागि फाइदाको विषय हुने थियो, तर यसो भएन।' नुरुलले खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै भनेका छन्।
कात्तिक १७, २०७९ बिहीबार १६:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।