प्रतिस्पर्धी देउवाको स्वागतमा लाइनमा बसे स्वतन्त्र उम्मेदवार ढकाल

प्रतिस्पर्धी देउवाको स्वागतमा लाइनमा बसे स्वतन्त्र उम्मेदवार ढकाल

काठमाडौं : निर्वाचन आयोगको स्वीकृति लिएर डडेलधुरामा चुनाव प्रचारमा गएका कांग्रेस सभापति शेरबहादुर देउवाको स्वागतमा उनी विरुद्ध उम्मेदवारी दिएका सागर ढकाल पनि लाइनमा उभिएका छन्।

यो पटक देउवालाई हराएर प्रधानमन्त्री बन्छु भन्दै चुनाबप्रचारमा सक्रिय ढकालले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

निर्वाचन प्रचारको दोस्रो चरण सुरु भएसँगै प्रधानमन्त्रीसमेत रहेका देउवा आफ्नो निर्वाचन क्षेत्रमा गएका हुन्।

ढकाल देउवाका अन्य शुभेच्छुकसँगै उनको स्वागतका लागि हातमा माला बोकेर लाइनमा बसेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको हो।

कतिपयले बलिया प्रतिस्पर्धीको स्वागतमा लाइनमा उभिएको भन्दै आलोचना गरेका छन्। कतिपयले राम्रो राजनीतिक संस्कार भनेर प्रशंसा गरिरहेका छन्।

साझा सवाल कार्यक्रममा देउवासँग नोकछोक भएपछि ढकाल चर्चामा आएका थिए।

कात्तिक १७, २०७९ बिहीबार १६:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।