थप ४९ जनामा कोरोना पुष्टि, १५ हजारले लगाए खोप

काठमाडौं : नेपालमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
२ हजार ३१२ नमूना परीक्षणमा ४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा २३ जना संक्रमणमुक्त हुँदा १५ हजार ४१९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
देशभर ५७५ जना सक्रिय संक्रमित छन्। यस अवधिमा कोरोनाबाट कसैको पनि ज्यान गएको छैन।
कात्तिक १७, २०७९ बिहीबार १५:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।