इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं : इष्टर्न हाइड्रोपावर लिमिटेडको सर्वसाधारणमा निष्कासन भएको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट गरेको छ । बिहीबार बिक्री प्रबन्धक एनएमबि क्यापिटलले सर्वसाधारणमा सेयर बाँडफाँट गरेको हो ।
कम्पनीले सर्वसाधारणलाई ६ लाख ७० हजार ३१० कित्ता सेयर निष्कासन गरेको थियो । कुल कित्तामध्ये ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोषहरूका लागि र १३ हजार ४०६ कित्ता शेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो ।
यो आईपीओ खरिदका लागि कुल १३ लाख ५८ हजार २२० जना आवेदकले आवेदन दिएकामा एक हजार ९९६ जनाको आवेदन रद्द भएको छ ।
गोलाप्रथाको माध्यमबाट ६२ हजार ५१९ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।
कात्तिक १७, २०७९ बिहीबार १५:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।