धान काट्न गएकी महिलालाई बलात्कार गरेकाे आराेपमा एक जना पक्राउ

धान काट्न गएकी महिलालाई बलात्कार गरेकाे आराेपमा एक जना पक्राउ
फाइल तस्बिर

दाङ : धान काट्न गएकी ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१४ चौपरीया बस्ने २७ वर्षीय दुर्गा बहादुर चौधरी रहेका छन्। उनलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो।

सोही ठाउँस्थित धान काट्न गएकी महिलालाई चौधरीले जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय मलवारले जनाएको छ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कात्तिक १७, २०७९ बिहीबार १४:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।