अमला टिप्न जाने भन्दै जंगलमा लगेर १० वर्षीया बालिका बलात्कार, वृद्ध पक्राउ

तनहुँ : १० वर्षीया बालिका बलात्कारको अभियोगमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–८ गणपते बस्ने ६३ वर्षीय राम्जी बहादुर थापा क्षेत्री रहेका छन्। उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।
थापाले बुधबार विहान अमला टिप्न जाने भन्दै स्थानीय जंगलमा लगेर बालिकालाई बलात्कार गरेको ईलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।
कात्तिक १७, २०७९ बिहीबार १४:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।