सन्दीपविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

सन्दीपविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बुधबारबाट बहस सुरु भए पनि बुधबार बहस नसकिएकाले आज पनि थुनछेक बहस हुँदैछ। 

बुधबार निवेदकको तर्फबाट चार जना सरकारी वकिलसहित सात जनाले बहस गरेका थिए भने सन्दीपको तर्फबाट भने दुई जनाले बहस गरेका थिए। 

थुनछेक बहसको पहिलो दिन काठमाडौं जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट दुई कुरामा जोड दिएको सन्दीप पक्षका वकिल मुरारी सापकोटाले बताउँछन्। उनले पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर नागरिकता वा जन्मदर्ता केलाई आधार मान्ने भन्ने बारेमा पनि वकालत गरेको बताएका छन्।

यससँगै उनले आफूहरूले पीडित भनिएकी किशोरीको उमेर जन्मदर्तालाई आधार मानेर वकालत गर्नुपर्नेमा जोड दिएको बताएका छन्।

 

कात्तिक १७, २०७९ बिहीबार १३:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।