च्याम्पियन्स लिगको अन्तिम १६ मा कुन-कुन टोली पुगे ?

च्याम्पियन्स लिगको अन्तिम १६ मा कुन-कुन टोली पुगे ?

काठमाडौं: यूईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेलहरू बुधबार राति सकिएको छ। योसँगै अन्तिम १६ मा पुग्ने टोलीहरूको टुङ्गो पनि लागेको छ।

कुल आठ वटा समूहमध्ये हरेक समूहबाट विजेता र उपविजेता गरी १६ टोली नकआउट चरणको 'राउण्ड अफ १६' मा पुगेका छन्।

रियल मड्रिड, बायर्न म्युनिख, चेल्सी, म्यानचेस्टर सिटी, बेन्फिका, नापोली, पोर्टो, टोटेनहम, लिभरपुल, एसी मिलान, पेरिस सेन्ट जर्मेन, इन्टर मिलान, बोरुसिया डर्टमण्ड, आरबी लाइपजिग, फ्रान्कफुर्ट र क्लब ब्रुग अन्तिम १६ मा पुगेका छन्।

अब यो चरणको फिक्सचर नोभेम्बर ७ मा सार्वजनिक हुनेछ।

च्याम्पियन्स लिगको राउण्ड अफ १६ मा कुनै पनि टोलीले आफ्नै राष्ट्रको अर्को टोलीविरुद्ध खेल्न पाउने छैन। यस्तै कुनै पनि क्लबले समूह चरणमै भिडेको टोलीसँग पुनः भिड्न पाउने छैन।

यो संस्करणको च्याम्पियन्स लिग फाइनल खेल टर्कीको इस्तानबुलमा १० जुन २०२३ मा हुनेछ।

कात्तिक १७, २०७९ बिहीबार ११:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।