११.११ शपिङ फेस्टिभलका लागि १८ बैंकसँग दराजको साझेदारी

काठमाडौं: नेपालको सबैभन्दा ठूलो अनलाइन शपिंग फेस्टिभल ११.११ फेरि सुरु हुन गइरहेको छ। ११ लाख उत्पादनहरूमा ८०५ सम्मको छुटसहित दराजले ११.११ को पाँचौं संस्करण यही २५ कात्तिक (११ नोभेम्बर २०२२) मा सुरु हुने घोषणा गरेको छ।
यसअन्तर्गत ग्राहकहरूलाई ११.११ को अवधिमा थप छुट उपलब्ध गराउन नेपालका अग्रणी बैंकहरूसँग दराजले साझेदारी गरेको छ।
बैंक र प्रिपेमेन्ट छुटहरू दराजका वर्षभरिको सबै अभियानहरूको महत्त्वपूर्ण हिस्सा रहेको छ र कम्पनीले 'दराज ११.११' को बैंक र प्रिपेमेन्ट छुटहरू अझ ठूलो र राम्रो हुने आश्वासन दिएको छ।
११.११ को लागि दराजले डेबिट र क्रेडिट कार्ड प्रिपेमेन्ट मार्फत अधिकतम ३० हजार रुपैयाँसम्म छुट प्रदान गर्न नेपालका बैंकहरूसँग साझेदारी गरेको छ। नबिल बैंक, कुमारी बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक लगायतका बैंकका ग्राहकहरूले दराज ११.११ अभियानको सम्पूर्ण अवधिमा डेबिट कार्ड मार्फत अधिकतम २५ हजार र क्रेडिट कार्ड मार्फत अधिकतम ३० हजारसम्मको छुट प्राप्त गर्ने छन्।
यस्तै सनराइज बैंक, मेगा बैंक, एनएमबि बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, एनसीसी बैंक, नेपाल एसबीआई बैंकबाट पनि छुट प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ। ११.११ अभियानमा सेन्चुरी बैंक, ज्योति विकास बैंक, सांग्रिला बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक र कामना सेवा बैंक पनि आबद्ध छन्।
कात्तिक १७, २०७९ बिहीबार १०:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।