पशुपति दर्शन गर्ने तीर्थयात्री बोकेको भारतीय नम्बरको बस गैँडाकोटमा पल्टियो, २२ जना घाइते

काठमाडौं: नवलपरासी बर्दाघाट सुस्ता पूर्वको गैँडाकोट नगरपालिका- ९ स्थित जयश्रीपुल नजिकै आज बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना भएको छ। दुर्घटनामा चालकसहित २२ जना घाइते भएका छन्।
भारतको गुजरातबाट पशुपति दर्शनको लागि काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आज बिहान सवा ५ बजे पल्टिएको थियो। घाइतेहरूलाई उपचारको लागि भरतपुरतर्फ पठाइएको ईलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ।
कात्तिक १७, २०७९ बिहीबार ०९:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।