आजबाट दल तथा उम्मेदवारले निर्वाचन प्रचार गर्न पाउने, सञ्चारमाध्यमको समेत प्रयोग गर्न सक्ने

आजबाट दल तथा उम्मेदवारले निर्वाचन प्रचार गर्न पाउने, सञ्चारमाध्यमको समेत प्रयोग गर्न सक्ने

काठमाडौं: मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आजबाट राजनीतिक दलहरूले चुनाव प्रचार गर्न पाउने भएका छन्। आजबाट आमसभा, जुलुस लगायतका गतिविधि गर्न पाइने भएको छ।

निर्वाचन आयोगका अनुसार मङ्सिर १ गतेसम्म राजनीतिक दल वा उम्मेदवारले प्रचार प्रसार गर्न पाउनेछन्। यस्तै सञ्चारमाध्यमबाट समेत तोकिएको मापदण्डको आधारमा प्रचारात्मक सामग्री प्रकाशन तथा प्रसारण गर्न पाउने आयोगले जनाएको छ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ। उक्त दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था रहेको हुँदा सोही बमोजिम मङ्सिर १ गतेसम्म निर्वाचन प्रचार प्रसार गर्न सकिने आयोगले जनाएको हो।

कात्तिक १७, २०७९ बिहीबार ०७:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।