प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा पश्चिमी वायुले वर्षा गराउन सक्ने

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको कारण वर्षाको सम्भावना रहेको हो।
यतिबेला देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति भने देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
कात्तिक १७, २०७९ बिहीबार ०७:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।