११ : ११ फेस्टिभलका लागि दराज र १८ बैंकविच साझेदारी

११ : ११ फेस्टिभलका लागि दराज र १८ बैंकविच साझेदारी

काठमाडौं : दराजले डेबिट/क्रेडिट कार्ड प्रिपेमेन्ट मार्फत २०% (अधिकतम रु.३०००) छुट प्रदान गर्न नेपालका १८ बैङ्कहरूसँग साझेदारी गरेको छ।

दराजले गर्दै आएको अनलाइन शपिंग फेस्टिभल ११.११  को पाँचौँ संस्करणमा ती बैङ्कहरूसँग साझेदारी गरेको हो। पाँचौँ संस्करण २५ कार्तिक २०७९ (११ नोभेम्बर २०२२) मा सुरु हुने कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार नबिल, कुमारी, सानिमा, माछापुच्छ्रे, एभरेस्ट, सनराइज, मेगा, एनएमबि, सिटिजन्स, नेपाल बैङ्क, एनसीसी,  नेपालएसबीआई, सेन्चुरी, ज्योति विकास, साङ्ग्रिला, सिद्धार्थ, हिमालयन र कामना सेवा बैङ्कसँग दराजले समझदारी गरेको हो।

ग्राहकहरूलाई ११.११ को अवधिमा थप छुट उपलब्ध गराउन नेपालका अग्रणी बैङ्कहरूसँग साझेदारी गर्नु रहेको कम्पनीले बताएको छ।

बैङ्क र प्रिपेमेन्ट छुटहरू दराजका वर्षभरिको सबै अभियानको महत्त्वपूर्ण हिस्सा रहेको र कम्पनीले दराज ११.११ को बैङ्क र प्रिपेमेन्ट छुटहरू अझ ठुलो र राम्रो हुने दाबी गरेको छ।

समझदारी गरिएका बैङ्कहरूबाट उपभोक्ताले दराज ११ .११ को अवधिमा डेबिट कार्डमार्फत १५% (अधिकतम २५००) र क्रेडिट कार्डमार्फत २०% (अधिकतम ३०००)  सम्मको छुट प्राप्त गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कात्तिक १६, २०७९ बुधबार २०:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।