१९ र २० वर्षका युवतीको बलात्कारको आरोपमा १९ वर्षका युवासहित तीन जना पक्राउ

रुपन्देही : दुई जना युवतीको बलात्कार गरेको आरोपमा तीन जना युवा पक्राउ परेका छन्। प्रहरीले १८ र १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा सैनामैना नगरपालिका-११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्की लगायत ३ जनालाई बुधवार दिउँसो पक्राउ गरेको हो।
प्रहरीका अनुसार कञ्चन गाउँपालिका-२ गोफ्लापुरमा दुवै किशोरीलाई उनीहरूले जबरजस्ती करणी गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले तीनै जनालाई अदालतबाट म्याद लिएर अनुसन्धानका लागि हिरासतमा राखेको छ।
कात्तिक १६, २०७९ बुधबार १९:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।