तीन दिनमै ८० अंकले नेप्से बढ्दा कारोबार पनि उकालो

काठमाडौं : तिहार र छठ बिदापछि सोमबारदेखि खुलेको सेयर बजार आज तेस्रो दिन पनि लगातार बढेको छ। साताको चौथो कारोबारको दिन बुधबार बजार परिसूचक नेप्से ७.३२ अंक (०.३८ प्रतिशत) ले वृद्धि भएर १९३८.३० अंकमा बन्द भएको हो।
सोमबार १६ अंकले बढेको नेप्से मंगलबार ५६ अंकको उच्च वृद्धिमा थियो भने आज बुधबार उताचढाव देखिए पनि अन्तिममा नेप्से सँगै कारोबार रकम पनि बढेर बन्द भयो।
बुधबार बैंकिङ व्यापार र निर्जीवन बीमा बाहेकका सबै उपसूचक बढेका छन्। बैंकिङ उपसूचक ०.१९ प्रतिशत र व्यापार उपसूचक १.२३ प्रतिशतले गिरावट भएको छ। मंगलबार यता १ अर्ब नाघेको सेयर कारोबार रकम बुधबार बढेर करिब डेढ अर्ब पुगेको छ।
बुधबार नेप्सेमा ४३ लाख ७६ हजार ७०८ कित्ता सेयर कारोबार हुँदा १ अर्ब ४६ करोड ७९ लाख १५ हजारको कारोबार भएको छ। जसमध्ये शिवम् सिमेन्टको ७ करोड ८५ लाख ६० हजारको कारोबार हुँदा नबिल बैंकको ५ करोड ६६ लाख १८ हजार र रिडी हाइड्रोपावरको ५ करोड १९ लाख ९६ हजारको कारोबार भएको छ।
आज नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १२४ कम्पनीको सेयर मूल्य बढेको छ। त्यस्तै, ५६ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ५ कम्पनीको स्थिर छ।
यता सबैको लघुवित्तको सेयर मूल्य सर्वाधिक ३.९६ प्रतिशतले गिरावट हुँदा महुली लघुवित्तको सेयरमूल्य ३.५ प्रतिशत र माउन्टेन हाइड्रोको सेयर मूल्य २.४५ प्रतिशतले गिरावट भएको छ।
कात्तिक १६, २०७९ बुधबार १६:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।