रिद्धि सिद्धिको सिमेन्टको उपभोक्ताको हात खाली नजाने नयाँ योजना

रिद्धि सिद्धिको सिमेन्टको उपभोक्ताको हात खाली नजाने नयाँ योजना

काठमाडौं : सिमेन्ट उत्पादक कम्पनी, रिद्धि सिद्धिले हात खाली नजाने उपहार योजना ल्याएको छ। सो योजना अन्तर्गत हरेक ५० बोरा रिद्धि सिद्धि सिमेन्ट किन्दा ग्राहकले स्क्रयाच कुपन पाउने र कुपनमा पाँच सय देखि १० हजार रुपैयाँसम्म रहेको कम्पनीले जानकारी दिएको छ।

शून्य अङ्क उल्लेखित कुपन प्राप्तगर आफ्नो कुपनमा भएको रकम पछाडि शून्य थप गरी १० गुणासम्म रकम प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ। यद्यपि ५० भन्दा धेरै सङ्ख्यामा सून्य कुपन भए पनि प्रत्येक कुपनमा एकपटक मात्र शून्यलाई पछाडि जोडेर एक लाखसम्म रकम पाउने सकिने कम्पनीले जानकारी दिएको छ।

पाँच हजार वा सो भन्दा माथिको रकम परेमा कम्पनीको आधिकारिक सम्पर्क नम्बरमा रजिस्टर गर्नु पर्ने र उक्त रकममा शून्य थप गरिएको अवस्थामा कम्पनीको आधिकारिक व्यक्तिबाट निमार्ण स्थलमै रकम दिइने छ।

कम्पनीको मुख्य उद्देश्य ग्राहकलाई उच्च प्राविधिक प्रणालीद्वारा उत्पादित सिमेन्ट उपलब्ध गराउनु र राष्ट्रमा सिमेन्ट गुणस्तरको नयाँ आयाम थप्नु हो। यसै क्रममा कम्पनीले ग्राहकहरूलाई विभिन्न योजनाहरू प्रदान गर्दै आएको छ र यसपालि ग्राहकहरूलाई प्रेरित गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ।

कम्पनीकाअनुसार यो योजना २०७९ कार्तिक १५ मङ्गलवारदेखि पुस ३० गतेसम्म मात्र लागू हुनेछ।

कात्तिक १६, २०७९ बुधबार १६:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।