प्रमुख निर्वाचन आयुक्त थपलिया र जापानका राजदूत किकुताबीच शिष्टाचार भेट

प्रमुख निर्वाचन आयुक्त थपलिया र जापानका राजदूत किकुताबीच शिष्टाचार भेट

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र नेपालका लागि जापानका राजदूत युताका किकुताबीच शिष्टाचार भेट भएको छ।

बुधबार निर्वाचन आयोगको काार्यालय बहादुरभवनमा भएको भेटमा नेपाल र जापानको निर्वाचन प्रणाली, दुई देशको निर्वाचन सम्बन्धी अनुभव आदानप्रदान र सहकार्य सम्बन्धमा छलफल भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

प्रमुख निर्वाचन आयुक्तले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकन गर्न समेत राजदूत कितुतालाई आमन्त्रण गरेका छन्।

कात्तिक १६, २०७९ बुधबार १३:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।