जारी टी–ट्वेन्टी विश्वकपमा नेदरल्याण्ड्सको पहिलो जित

जारी टी–ट्वेन्टी विश्वकपमा नेदरल्याण्ड्सको पहिलो जित

काठमाडौं : अस्ट्रेलियामा जारी टी–ट्वेन्टी विश्वकपमा नेदरल्याण्ड्सले पहिलो जित निकालेको छ।

एडलेड ओभलमा भएको समूह २ अन्तर्गतको बुधबार भएको खेलमा नेदरल्याण्ड्सले जिम्बावेमाथि ५ विकेटको जित निकालेको हो।

११८ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १२ बल बाँकी छँदै ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। उसका लागि म्याक्स ओडाउडले ५२, टम कुपरले ३२ रनको योगदान दिए।

बलिङतर्फ जिम्बावेका रिचर्ड नागाराभा र ब्लेसिङ्ग मुजाराबानीले समान दुई–दुई विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको जिम्बावेले १९.२ ओभरमा सबै विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो। उसका लागि सिकन्दर राजाले ४० र सिन विलियम्सन्बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।

बलिङतर्फ नेदरल्याण्ड्सका पलभान मीकिरनले ३ तथा ब्रान्डन ग्लोभर, लोगन भान बीक र बस दी लिडले समान २–२ विकेट लिए।

जितसँगै नेदरल्याण्डले अंकतालिकामा दुई अंक बटुलेको छ। हारे पनि जिम्बावे चौथो स्थानमा कायमै छ।

कात्तिक १६, २०७९ बुधबार १३:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।