बारामा दुई ट्रक र बस आपसमा ठाेक्किए, दुई जनाकाे अवस्था गम्भीर

बारामा दुई ट्रक र बस आपसमा ठाेक्किए, दुई जनाकाे अवस्था गम्भीर

बारा : जिल्लामा दुई ट्रक र बस आपसमा ठोक्किएका छन्।

जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२२ मा गएराति भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन्।

ना५ ख ६४ १५ नम्बरको बस, ना ६ ख ४५३७ र ना ४ ख २२१ नम्बरका ट्रक गएराति साढे १ बजे आपसमा ठोकिएका थिए।

घाइतेहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

बसमा सवार महोत्तरीको बर्दिबास नगरपालिका ६ कालापानि की ४५ वर्षीया अनिता क्षेत्री र ४० वर्षीय तिलक बलमपाकीको अवस्था गम्भीर छ।  

कात्तिक १६, २०७९ बुधबार ०९:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।