ओलीले संविधानमाथि मुक्का हाने : शिक्षामन्त्री पौडेल

बागलुङ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि मुक्का हानेको बताएका छन्।
जिल्लामा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रबाट सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका उनले समावेशी चरित्रका आधारमा जनताको मौलिक अधिकार प्राप्तका लागि लेखिएको संविधानमाथि ओलीले मुक्का हानेको बताए।
संविधान, मौलिक हक र सार्वभौमिकताको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको भन्दै उनले एसपीपीलाई कुटनीतिक सम्बन्ध अप्ठ्यारोमा नपर्ने गरी मन्त्रिपरिषद्बाट अस्वीकार गरेको जिकिर गरे।
उनले गठबन्धन टुटाउन विदेशीहरू नेपाल आए पनिसफल नभएको बताए।
कार्यक्रममा संविधान सभा सदस्य निरज पुनले अहिलेको प्रणाली ल्याउन कांग्रेस, माओवादीसहितका दलको भूमिका रहेको बताए।
प्रदेश सभा सदस्य उम्मेदवार जीतबहादुर शेरचनले सरकार सञ्चालनमा देखिएका बेतिथिहरूलाई तोड्न गठबन्धनलाई मतदान गर्न आग्रह गरे। सांसद र मन्त्री नभए पनि जनताका लागि काम गरेको बताउँदै जनताको शिर निहुरिने गरी काम नगर्ने प्रतिबद्धता व्यक्त गरे।
कात्तिक १६, २०७९ बुधबार ०८:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।