टी–ट्वेन्टी विश्वकप : भारत र बंगलादेश तथा नेदरल्याण्ड्स र जिम्बावे भिड्दै

टी–ट्वेन्टी विश्वकप : भारत र बंगलादेश तथा नेदरल्याण्ड्स र जिम्बावे भिड्दै

काठमाडौं : अस्ट्रेलियामा जारी टी–ट्वेन्टी विश्कपमा बुधबार दुई खेल हुँदैछन्।

समूह २ अन्तर्गतको पहिलो खेल विहान पौने १० बजे एडलेड ओभलमा नेदरल्याण्ड्स र जिम्बावेबीच हुँदा दोस्रो खेल भारत र बंगलादेशबीच दिउँसो पौने २ बजे सोही मैदानमा हुनेछ।

नेदरल्याण्ड्स र जिम्बावेबीच भएको पछिल्लो चार खेलमा जिम्बावेलाई दुई खेलमा जित हात पार्दा नेदरल्याण्ड्सले एउटा मात्र जितेको छ। एक खेल भने टाइ भएको थियो।

यस्तै, भारत र बंगलादेशबीच भएको पाँच खेलमा चार खेल भारत र एक खेल बंगलादेशले जितेको छ।

अंकतालिकामा भारत र बंगलादेश समान ४ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् भने जिम्बावे ३ अंकसहित चौथो र नेदरल्याण्ड्स अंकविहीन हुँदै तालिकको पुच्छारमा छ।

तालिकाको शीर्ष स्थानमा दक्षिण अफ्रिका रहँदा पाँचौं स्थानमा २ अंकसहित पाकिस्तान छ।

कात्तिक १६, २०७९ बुधबार ०८:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।