सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज थुनछेक बहस हुने

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज थुनछेक बहस हुने

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज थुनछेक बहस हुनेछ।

मंगलबार बयान लिने क्रम सकिएसँगै आज थुनछेक बहस हुन लागेको हो।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा मंगलबार लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा बयान लिइएको थियो।

लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा कात्तिक १४ गते उक्त मुद्दा दायर गरिएको थियो।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको छ।

प्रहरी हिरासतमा रहेका लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन्।

लामिछानेविरुद्ध नाबालिकमाथि जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ।

प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो।

कात्तिक १६, २०७९ बुधबार ०७:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।