ट्वीटरमा ब्लू टिकका लागि अब ८ डलर तिर्नुपर्छ : एलन मस्क

काठमाडौं : ट्वीटर भेरिफिकेसनका लागि अब महिनाको ८ डलर तिर्नुपर्ने भएको छ।
ट्वीटरका नयाँ प्रमुख कार्यकारी अधिकृत (सिईओ) एलन मस्कले मंगलबार राति यसको घोषणा गर्दै अब ट्वीटरम ब्लू टिक मार्ककका लागि महिनाको ८ डलर तिर्नुपर्ने घोषणा गरेका हुन्।
सुरुमा २० डलरको प्रस्ताव राखेका मस्कले त्यसलाई केही घटाएर ८ डलर कायम गरेका हुन्। उनका अनुसार हरेक देशको क्रय शक्ति क्षमताको आधारमा मूल्य निर्धारण हुनेछ।
रकम तिर्नेहरूका लागि कम विज्ञापन देखाइने छ भने जवाफ दिने अक्षरहरूको संख्यासमेत बढाइनेछ। ट्वीटरमा अहिले २८० अक्षरसम्म मात्र लेख्न मिल्छ।
साथै लामो अडियो तथा भिडियो पोस्ट गर्ने सुविधा समेत उपलब्ध गराइने मस्कले आफ्नाे ट्वीटमा जनाएका छन्।
यसले ट्वीटरलाई आम्दानी बढ्ने र कन्टेन्ट बनाउनेहरूका लागि फाइदा दिइने उनले बताए।
कात्तिक १६, २०७९ बुधबार ०७:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।