महिनावारी हुने सम्पूर्ण महिलालाई स्यानिटरी प्याड किन्न १५ सय दिने एमालेकाे घाेषणा

महिनावारी हुने सम्पूर्ण महिलालाई स्यानिटरी प्याड किन्न १५ सय दिने एमालेकाे घाेषणा

काठमाडाैं : एमालेले महिनावारी हुने महिलालाई स्यानिटरी प्याड खरिद गर्न वार्षिक १५ सय रूपैयाँ दिने घाेषणा गरेकाे छ।

मंगलबार आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाकाे निर्वाचनका लागि चुनावी घाेषणापत्र सार्वजनिक गर्दै एमालेले देशभित्रका सम्पूर्ण महिलाका लागि गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदका लागि वार्षिक १ हजार ५ सय रूपैयाँ उपलब्ध गराउने जनाएकाे हाे।

साथै उसले प्रसूति हुने शतप्रतिशत महिलाको गर्भावस्थाको नियमित स्वास्थ्यजाँच तथा दक्ष स्वास्थ्यकर्मीको सहयोगमा स्वास्थ्य संस्थाबाट प्रसूति सेवा सुनिश्चित गरिने प्रतिबघद्धता पनि व्यक्त गरेकाे छ।

ग्रामीण तथा दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले नि:शुल्क आपत्कालीन उद्धार गर्न हवाइ एम्बुलेन्स र एम्बुलेन्सको व्यवस्था गरिने उसकाे घाेषणा छ।

कात्तिक १५, २०७९ मंगलबार १९:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।