१४ वर्षीया बालिकाको पटक–पटक बलात्कार, बालकोटका युवक पक्राउ

१४ वर्षीया बालिकाको पटक–पटक बलात्कार, बालकोटका युवक पक्राउ

भक्तपुर : जिल्लामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

१४ वर्षीया बालिकालाई बलात्कारको आरोपमा भक्तपुर सूर्यबिनायक नगरपालिका–३ बालकोट बस्ने २२ वर्षीय रुपक खड्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।

खड्काले ती बालिकालाई पटक–पटक बलात्कार गरेको प्रहरी वृत्त ठिमीले जनाएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

कात्तिक १५, २०७९ मंगलबार १८:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।